७ वैशाख २०८१ शुक्रबार
समाज

उदयपुरमा ठूलो परिणाममा लागुऔषधसहित ८ जना पक्राउ

बरामद लागुऔषध र पक्राउ अभियुक्तहरु । तस्बिरः महेश्वर

उदयपुर प्रहरीले जिल्लाको दक्षिणी र पश्चिमी सीमानाकाबाट भित्रिएको भारी मात्राको लागुऔषधसहित एक महिलासहित ८ जनालाई नियन्त्रणमा लिएको छ। त्रियुगा नगरपालिका २ जोगीदहको रुट भएर उदयपुर र सप्तरीको दक्षिणी नाका फत्तेपुरबाट भित्रिएको १ सय ५ थान र त्रियुगा ६ र सप्तरीको नाका लालपत्ताबाट आएको १ सय ८० थान लागुऔषधसहित ६ जनालाई बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ।  

फत्तेपुर नाकाबाट लागुऔषध ल्याएर त्रियुगा १ र २ क्षेक्रमा बिक्री वितरण भईरहेको भन्ने सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले किनबेच भईरहेकै अवस्थामा स १ प ३२२४ नं. को मोटरसाईकलसहित उनीहरुलाई १ सय ५ थान लागुऔषधसहित पक्राउ गरेको प्रहीले जनाएको छ।  

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १२ का १९ वर्षीय रजामुद्धिन अन्सारी, सोही ठाउँका २४ वर्षीय दिलिप घिमिरे, २० वर्षीय मिलन विश्वकर्मा, २२ वर्षीय शिव अधिकारी, २२ वर्षकै विशाल मगर र २० वर्षीय सागर पौडेल छन्। उनीहरुको साथबाट डाईजोपाम ३५ एम्पुल (थान), लुपिजेसिक ३५ एम्पुल र फेनारगन ३५ एम्पुल गरी १ सय ५ एम्पुल लागुऔषध बरामद भएको छ।  

त्यस्तै सप्तरीसँग सीमा जोडिएको त्रियुगा ६ को लालपत्ता नाका भएर आउँदै गरेको १ सय ८० थान लागुऔषधसहित एक दम्पति पनि बुधबारै पक्राउ परेका छन्। लालपत्तामा भारतबाट लागुऔषध ल्याएर बिक्री वितरण गर्ने योजना रहेको सुराकी अनुसार जिल्लाबाट खटेको विशेष टोलीले सप्तरी कृष्णसवरम गाउँपालिका १ का ३१ वर्षीय पिके भन्ने प्रवेश मिया र उनकी २६ वर्षीया श्रीमती हजारुम खातुन लागुऔषधसहित पक्राउ परेका हुन्।  

उनीहरुको साथबाट फेनारगन ६० एम्पुल, डाईजोपाम ६० एम्पुल र लुपिजेसिक ६० एम्पुल बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले बताए। उनका अनुसार पक्राउ दम्पतिबाट ३ थान मोवाईलसमेत बरामद भएको छ। पक्राउ ८ जना सबैलाई प्रहरी हिरासतमा राखेर लागु पदार्थ दुव्र्यसन ऐन अनुसार आवश्यक कारबाही गर्न अनुसन्धान प्रक्रिया अघि बढाइएको एसपी दाहालले बताएका छन्।

प्रकाशित: ८ आश्विन २०७७ १३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App