पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०९ जना, भक्तपुरमा ५१ जना र ललितपुरमा ९५ जना संक्रमित थपिएका हुन्।
पछिल्लो पटक देशभर १ हजार ४ सय ९७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका समेत गरेर देशभर कूल संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ।
प्रकाशित: ८ आश्विन २०७७ १०:४८ बिहीबार