७ वैशाख २०८१ शुक्रबार
समाज

२४ घण्टामा थप १४ सय ९७ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा १४ सय ९७ जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ४ सय ४९ पीसीआर परीक्षण गर्दा ११ सय ७२ जनामा संक्रमण देखिएको हो। यो सँगै संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ।

थप १७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४५३ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ सय ५७ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: ८ आश्विन २०७७ १०:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App