coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

याम्फुदिनका घाइते ३ जनाको अवस्था गम्भीर, थप उपचार गर्न मौसम बाधक

आफ्नै परिवार भित्रका सदस्यद्वारा अन्धाधुन्ध धारिलो हतियार प्रहारबाट सख्त घाइते ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ८ याम्फुदिनका एकाघरका ३ जनालाई थय उपचारका लागि हेलिकोप्टरमार्फत राजधानी लैजान मौसम बाधक भएको छ।  

उच्च रक्तश्रावका कारण ३ जनाकै ज्यान जोखिममा पर्ने अवस्था भएपछि उनीहरुलाई उद्वार गरी काठमाडौ पठाउन पानी र धुम्मिदो मौसम बाधक बनेको हो। घाइतेलाई लिन आएको हेलिकोप्टर भोजपुरमा आई पुगेको छ। त्यहाँबाट ताप्लेजुङका लागि उड्नमा कुहिरिदो मौसम र पानी बाधक बनेपछि समस्या सृजना भई रहेको चालक दलका सदस्यलाई उधृत गर्दै ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।  

घटनास्थल याम्फुदिनको मौसम भने सफा रहेकोले उताको मौसम खुल्ने बित्तिकै हेलिकोप्टर घाइतेलाई लिन आउने उनले जानकारी दिए। बाक्फोक(खुकुरी प्रजातिकै हतियार)प्रहारबाट घाइते ६० वर्षीय फुटी भोटे र १८ वर्षीय छिरिङ भोटे र ३६ वर्षीया पासाङ् भोटेलाई उनीहरुकै काकाका २२ वर्षीय छोरा लाक्पा भोटेले राती सुतेको समयमै प्रहार गरेका थिए। बाम्फोक प्रहारबाट घाइतेको टाउको तथा गर्धनमा प्रहार भएको छ। घाउ सिलाउन सक्ने अवस्था नभएकोले घाइतेहरुको रक्तश्राव भई रहेको प्रहरीले जनाएको छ।  

उनीहरुको प्राथमिक उपचार भने याम्फुदिन स्वास्थ्य चौकीमा गरिएको छ। आफ्नै बडाबाबुको घरमा गइ बेलुकीको खाना समेत खाएका लाक्पाले रातको समयमा बडीआमा तथा दाजु र भाइलाई बाम्फोक प्रहार गरेर फरार भएका थिए। पछि प्रहरीले हतियार प्रहार गर्ने लाक्पालाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: ८ आश्विन २०७७ १०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App