८ वैशाख २०८१ शनिबार
समाज

बाढीले बगाएका मध्ये एक जनाको शव भेटियो, एक जना अझै बेपत्ता

कपिलवस्तुको बाणगंगा नगरपालिका–७ स्थ्ति कोईली खोलामा बुधबार दिउँसो बेपत्ता भएका मध्ये एक जनाको शव बिहीबार मध्यान्हमा फेला परेको छ। अर्घाखाँची घर भएका केशव भाट क्षेत्रीको शव भेटिएको हो।  

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले बिहानैदेखि खोजी कार्य जारी राखेकोमा मध्यान्ह १२ बजेतिर एक जनाको शव भेटिएको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए। नगरपालिका–६ सुठौलीस्थित नदी किनारमा क्षेत्रीको शव फेला परेको अधिकारीले बताए।  

क्षेत्रीको शव घाँसमा अल्झिएको र घोप्टो परेको अवस्थामा भेटिएको थियो। बेपत्तामध्ये विद्युत कार्यालय जितपुर शाखाका प्रमुख कृष्ण पौडेलको शव अझैसम्म भेटिएको छैन। उनको पनि खोजी कार्य जारी छ। भलवाडबाट बनगाई आउने क्रममा कजवेमा बुधबार खोलाले विद्युतको बा.१च. १०८९ पजेरो जीप बगाउँदा ३ जना बेपत्ता भएका थिए।  

त्यसमध्ये जिप चालक माधवप्रसाद पाण्डेको भने बुधबार साँझ शव भेटिएको थियो। जीपमा सवार ६ मध्ये ३ जनाले हामफालेर बाचेका थिए।

प्रकाशित: ८ आश्विन २०७७ ०९:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App