coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मनसुन अन्त्य हुने दिनमै भारी वर्षा

वर्षे मनुसन सामान्यतया बुधबारबाट अन्त्य हुनुपर्थ्यो। तर यसवर्षको वर्षायाम अन्त्य हुने भनिएको दिन बुधबार भारी वर्षा भएको हो। र यसको भोलीपल्ट बिहीबार पनि ठूलो वर्षा भएको छ।  

मौसमवीद्हरूका अनुसार, नेपालमा वर्षे याम अन्त्य हुने समय केही दिन पर सर्दै गएको छ। नेपालमा वर्षा सामान्यता मनुसन जुन १० बाट सुरु भइ सेप्टेम्बर २३ सम्म रहन्छ तर केही वर्षदेखि नेपालमा वर्षे मनसुन अन्त्य हुने समय सर्दै गएको छ। मौसमवीद् गगां नगरकोटीका अनुसार आज भोली सक्रिय भएको मनसुन वर्षा याम मध्येकै गतिविधि हो। ‘शनिबारसम्म मनुसन सक्रिय हुन्छ। त्यसपछि क्रमशः कम हुँदै जान्छ’नगरकोटीले भनिन्,‘तर यो मनसुन वर्षा याममध्यकै गतिविधि हो।’

मौसमविद्हरूले यस वर्ष वर्षायाममा अघिल्ला वर्षभन्दा बढी वर्षा भएको निष्कर्ष निकालेका छन्। सामान्यतया वर्षा याममा काठमाडौंमा १ हजार १ सय ३० मिलिमिटर औसत वर्षा हुने गर्छ तर यस वर्ष वर्षा याम सुरु भएको दुई महिना नपुग्दै मनसुनी वर्षाको आधाभन्दा बढी वर्षा भएको छ। यसबाट अघिल्ला वर्षको तुलनामा यस पटक बढी वर्षा भएको मौसमविद्को भनाइ छ। मौसमविद्का अनुसार विगत केही वर्षदेखि नै नेपालमा वर्षायाम सकिने दिन पर सर्दै गएको छ।

गत वर्ष हिउँदयाममा नेपालमा औसतभन्दा बढी वर्षा भएको छ। हिउँदयाममा औसतभन्दा बढी वर्षा भएपछि त्यसको प्रभाव वर्षायाममा परेको मौषमविद्को भनाइ छ। देशभरका १६ वटा स्टेसनबाट आएका सूचना र स्याटेलाइट इमेजका आधारमा मौसमको पूर्वानुमान गर्ने गरिन्छ। यसैगरी विविध नमुना अध्ययनबाट पनि मौसम पूर्वानुमान गर्ने गरिएको छ।

अफ्रिकाको मदागस्कर टापुनजिकैबाट उत्पत्ति हुने जलवाष्प युक्त वायु वर्षा याममा नेपालमा सक्रिय हुने गरेको छ। सोही वायुकै कारण नेपालमा वर्षा हुने गरेको मौषमविद्हरू बताउँछन्। उनीहरूका अनुसार मदागस्करबाट उत्पत्ति भएको जलवाष्प युक्त वायुले लामो यात्रा गर्दै नेपालमा आउँछ हरेक वर्ष यो क्रम दोहरिन्छ। मदागस्कर नजिकै टापुमा उच्चचापीय प्रणाली विकसित भई मनसुनी वायु उत्पत्ति हुने मौसमविद्हरू बताउँछन्। त्यहाँ उत्पन्न भएको वायु सोमालियाबाट मोडिएर भारतीयद्वीप बंगालको खाडी हुँदै नेपालमा आइपुग्छ।

शनिबारसम्म वर्षा नरोकिने

मौसमवीद्का अनुसार शनिबारसम्म सामान्यता देशभर वर्षा जारी रहन्छ। मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशभर सामान्य देखी पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्यांग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशभर धेरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एकर/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी शुक्रबार प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा पूर्णतया बदली रही बाँकि प्रदेशहरुमा सामान्य बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा धेरै स्थानहरूमा र बाँकि प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका धेरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले शनिबारसम्म देशभर भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

 

प्रकाशित: ८ आश्विन २०७७ ०९:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App