४ वैशाख २०८१ मंगलबार
समाज

कोरोना संक्रमितको घरैमा मृत्युु

प्रदेश १ मा थप एक जनाको कोरोनाका कारण ज्यान गएको छ। झापामा कोरोना संक्रमणका कारण ७७ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो। श्वासप्रश्वाससम्बन्धी विरामी रहेका उनको बुधबार राति घरमै मृत्यु भएको थियो।  

उनको बिहीबार बिहान मात्र पोजेटिभ रिपोर्ट आएको हो। उनको शव स्थानीय रानी सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले व्यवस्थापन गरेको झापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले जानकारी दिए।

वृद्धका छोरा झापाको बिर्तामोडबाट गत भदौ २४ गते बुवा भेट्न आएका थिए। उनलाई असोज ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। छोरासँग भेट भएपछि ज्वरो र रुघाखोकीको लक्षण देखिएका वृद्धको मृत्यु भएको हो।

प्रकाशित: ८ आश्विन २०७७ ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App