७ वैशाख २०८१ शुक्रबार
समाज

बेसहारा दिदीबहिनीको उद्वार

बुवाआमा गुमाएका ६ जना दिदीबहिनी । उनीहरुको एसओएस बालग्रामले जिम्मा लिएको छ । तस्बिरः बिरा/नागरिक

अभिभावकविहीन भएका बैतडीका ६ जना दिदीबहिनीको उद्वार गरिएको छ। बुवाआमा नहुँदा बेसहारा बनेका उनीहरुको एसओएस बालग्रामले उद्वार गरेको हो। दशरथचन्द नगरपालिका–१० को सत्पालीका उनीहरु विगत २ वर्षदेखि अभिभावकविहीन थिए। ५ वर्षदेखि १५ वर्षका ६ जना दिदीबहिनीहरुको हेरविचार गर्ने आफन्त नहुँदा समस्यामा रहेका थिए।

तीन वर्षअघि आमा मीनादेवी लावडले उनीहरुलाई छोडेर बेपत्ता भएकी थिइन्। आमा बेपत्ता भएको एक वर्षपछि बुवा राजुरामको मृत्यु भएपछि १५ वर्षीया जेठी बहिनी निलमले बहिनीहरुको हेरविचार गरिरहेकी थिइन्।

खाना बस्न समस्या भएको जानकारी पाएपछि दशरथचन्द नगरपालिकाका सामाजिक विकास अधिकृत विनोदबहादुर चन्दले नगरपालिका र आफ्नो व्यक्तिगत तर्फबाट उनीहरुलाई  खाद्यान्न र अन्य व्यवस्थापन गर्दै आएका थिए।

उनीहरुको बारेमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि बैतडीका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुख र नगरपालिकाका जनप्रतिनिधिले ति बेसहारा बालबालिकालाई एसओएस बालग्राम काभ्रे पठाउने सहमति गरेका थिए।

सहाराविहीन बालिकाहरुलाई उद्वार गर्न पाएकोमा खुसी लागेको एसओएस बालग्राम काभ्रेका निर्देशक सुरेन्द्र अमगाईले बताए। ६ जना बालिकाको अभिभावकत्व लिँदै उनीहरुको उचित शिक्षादिक्षा र पालनपोषणको जिम्मेवारी एसओएसले लिएको उनले जानकारी दिए। सबै दिदीबहिनीले सँगै बस्ने चाहना राखेका थिए। अब एकै ठाउँमा बस्न र पढ्न पाउने भएपछि खुसी लागेको निलमले बताइन्।

प्रकाशित: ८ आश्विन २०७७ ०९:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App