coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

खोलाले बगाउँदा एक जनाको मृत्यु

कपिलवस्तुको विजयनगर गाउँपलिका–१ गोबरहवा बिशवा खोलामा एक जना मृत अवस्थाा फेला परेका छन्। स्थानीय  ६० वर्षीय राम समुझ थारु मृत अवस्थामा फेला परेका हुन। मृतक थारु साँझ ६ बजेतिर झारफूक गर्न छिमेकी गाउँ नौडिहवा गएका थिए।  

घरमा आई मदिरा सेवन गरी घरदेखि १ किलो मिटरमा रहेको गाई गोठमा गएको परिवारदले जनाएका छन्। उनी राती अबेरसम्म घरमा नफर्केपछि परिवारले रातीदेखि नै खोजतलास गरे पनि भेटिएका थिएनन्। अर्को दिन फेरि खोजतलास गर्दा गोठदेखि ५ सय मिटर दक्षिणतर्फ रहेको बिशवा खोलाको पानीमा डुबेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय गणेशपुरले जानकारी दिएको छ। राति खोलामा आएको बाढीले बगाएको प्रहरीले बताएको छ।

प्रकाशित: ८ आश्विन २०७७ ०७:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App