coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाढीले विद्युतको गाडी बगाउँदा एक जनाको मृत्यु, २ बेपत्ता

वाणगंगा नगरपालिकाको मोतीपुरमा कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरण गजेहडा सव स्टेशनको गाडी बगाउँदा एक जनाको मृत्यु भएको छ। भने दुई जना बेपत्ता छन्। बेपत्तामध्ये एक विद्युत कर्मचारी र एक जना सर्वसाधारण हुन।  

गाडीमा ६ जना सवार थिए। ६ मध्ये ३ जनाले बाढीमा पल्टिएको गाडीबाट हाम फलेर ज्यान जोगाएका थिए। वाणगंगा नगरपालिका वडा नं. ९ भलवाडमा रहेको कजवे पुलमा आएको बाढीले विद्युत प्राधिकरण कर्मचारीसहित ६ जना सवार बा. १ च. १०८९ पजेरो जीप बगाएको हो। नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रका प्रमुख जयकुमार यादवले बताए। बुधबार दिउँसो साढे चार बजेतिर भलवाडबाट काम सकेर फर्किनेक्रममा खोलामा आएको बाढीले गाडीलाई बगाएको थियो।  

३५ वर्षीय चालक माधवप्रसाद पाण्डेको मात्र शव भेटिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। विद्युत वितरण केन्द्र चार नम्बरका प्रमुख कृष्णप्रसाद पौडेल र जीपमा सवार सर्वसाधारण अर्घाखाचीको सितगंगा नगरपालिकाका केशव भाट भने अझै बेपत्ता रहेको प्रमुख यादवले बताए। घटनामा विद्युतका कर्मचारीहरु बिजय पोख्रेल, परशुराम थारु र शिक्षिका कोपिला अधिकारी भने बाच्न सफल भएका छन्। बुधबार साँझ नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले रातिसम्म खोजी कार्य जारी राखेका थिए।  

साँझसम्म मृतक माधवप्रसाद पाण्डेको शव र गाडी मात्र फेला परेको प्रहरी उपरिक्षक नबराज अधिकारीले बताए। गाडीलाई जेसिबीले तानेर निकालिएको थियो। संयुक्त टोलीले बेपत्ताहरुको खोजी कार्य जारी राखेका छन्। अबिरल वर्षाका कारण खाजी कार्यमा बाधा आएको प्रहरी उपरिक्षक अधिकारीले बताए। हाम फालेर ज्यान जगाएकी वाणगंगा नगरपालिका–८ की २५ वर्षीया शिक्षिका कोपिला अधिकारीले भर्तापुर आधारभूत विद्यालयमा पढाउछिन्। २ घण्टासम्म पनि गाडी नआएपछि प्राधिकरणका कर्मचारीको आग्रहमा शिक्षिका गाडीमा बसेकी थिईन्।

प्रकाशित: ८ आश्विन २०७७ ०७:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App