६ चैत्र २०८० मंगलबार
समाज

'वीरमा बिरामीको आँखा निकालेको विषय हल्ला मात्रै'

मंगलार दिउँसो वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी अस्पतालको बैठकमा व्यस्त थिए। एक्कासी बाहिर एउटा हुल आयो र अस्पतालविरुद्ध नाराबाजी गर्न थाल्यो। विषय थियो असोज ३ गते अस्पतालको आकस्मिक कक्षमै मृत घोषित गरिएका रुपन्देहीका ६३ बर्षीय रामलखन जैसवाल। अस्पतालले उनको आँखा निकालेर मारेको उनीहरुको आरोप थियो। बिरोध प्रदर्शनको नेतृत्व गरिरहेका थिए पुण्य गौतम। यी सबैै आरोप यथार्थ नभएर हल्ला मात्रैै  भएको अस्पतालको दाबी छ।  

दर्जर्नौं युट्युवहरुमा समाचार समेत आएपछि अस्पतालले मंगलबार साँझ पे्रस बिज्ञप्ति निकालेर आरोप निराधार भएको दावी गरेको छ। सोही बिषय निराधार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आधारहिन आरोपले वीर अस्पताल जस्तो प्रतिष्ठित अस्पतालको गौरव खस्काउन खोजिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए।

अस्पतालका निर्देशक केदार सेन्चुरीका अनुसार कैदी समेत रहेको जैशवाल अस्पतालको आकस्मिक कक्षमा असोज ३ गते राति १० बजेर ५५ मिनेट जाँदा ल्याइएका थिए। उनको पहिल्यै मृत्यु भएकोले चिकित्सकले आउने बित्तिकै मृत घोषणा गरे। कोभिड १९ परीक्षण नियम अनुसार मृतकहरुको पनि स्वाव परीक्षण गरी कोभिड १९ हेर्नु पर्ने भएकोले अस्पतालले आउने बित्तिकै स्वाव निकालेर शव गृहमा राख्यो। रिपोर्ट असोज ५ गते आएपछि आफन्तले हेर्न आए। हेर्नै क्रममा शव तीन÷चार दिनसम्म राखेकोले गलेको अवस्थामा भेटिएपछि विवाद सुरु भएको थियो।

मंगलबार साँझ नै वीर अस्पतालले घटना बारेमा विज्ञप्ति सार्वजनिक गरेर अस्पतालले गल्ती अस्वीकार गरेको थियो। बुधबार अस्पतालको गृहमन्त्रालयमा समेत छलफल भएपछि शव टिचिङ अस्पतालको शव गृहमा लगिएको छ भने अस्पतालमा बुधबार प्रदर्शन बन्द भएको छ।

अस्पतालका अनुसार तीन÷चारदिनसम्म शव राखेपछि आँखा तथा मुखबाट तरल पदार्थ निस्कने शरीर फुल्ने , शरिरको रंगमा परिवर्तन हुने जस्ता समस्या आउँछन्। ‘यो स्वरुपलाई हल्ला गर्ने पक्षले आँखा निकालेको आरोप लगाएका हुन्’ वीर अस्पतालका कोभिड १९ संयोजक तथा ग्यास्ट्रोलोजी विभाग प्रमुख डा. विद्याननिधी पौडेलले भने।

वीर अस्पतालमा लगाएको आधारहिन हल्लाले एक मात्र सरकारी केन्द्रीय अस्पतालको गरिमा खस्काएर विपन्न बिरामीलाई निजीमा जान बाध्य बनाएको अस्पतालका पूर्व निर्देशक डा. भुपेन्द्र बस्नेतले बताए। उनले युट्युवे पत्रकारमाथि सरकारले नियन्त्रण तथा कारवाही गर्नु पर्ने बताए। वीर अस्पतालमा बिरामीको अंग निकाल्ने कुनै पनि काम हुन नसक्ने भएकोले यो हल्लाप्रति आम जनता नलाग्न डा. बस्नेतको आग्रह छ। तर शव व्यवस्थापनको बारेमा मृतकका आफन्तसित सही सूचना समयमै सम्पे्रषण नहुनुले पनि समस्या उठेको हुन सक्ने वीरका अन्य चिकित्सकहरुको भनाइ छ।

प्रकाशित: ८ आश्विन २०७७ ०६:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App