४ वैशाख २०८१ मंगलबार
समाज

ठूलीआमासहित तीन जनामाथि युवकले गरे धारिलाे हतियार प्रहार

प्रतिकात्मक तस्वीर

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका ८स्थित याम्फुदिन तारतुम बस्ने २२ बर्षिय लाक्पा भोटेले छिरिङडाँडा बस्ने आफ्नै ठूली आमा र उनका २ छोरा गरी ३ जनामाथि धारिलो हतियार प्रहार गरेका छन्। धारिलो हतियार प्रहारबाट तीनै जना घाइते भएको प्रहरीले जनाएको छ।

 आफ्नै ठूलोबाबुको घरमा गइ बेलुकीको खाना समेत खाएका लाक्पा भोटेले ६० वर्षया ठूलीआमा फुटी भोटे र भाइ छिरिङ भोटेलाई बाम्फोक(खुकुरीजस्तै घरेलु हतियार)ले गर्धन र दाजु ३६ बर्षिया पासाङ् भोटेलाई टाउकोमा प्रहार गरी घाइते बनाएका छन्।

जिल्ला प्रहरी प्रमुख(डिएसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार घाइते तीनैजनाको याम्फुदिन स्वास्थ्य चौकीका उपचार भई रहेको छ। हतियार प्रहार गर्ने लाक्पाभोटे फरार रहेको र खोजी कार्य जारी रहेको समेत डिएसपी श्रेष्ठले जानकारी दिए। घटनापछि इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी निरीक्षक अर्जुन पोखरेलको नेतृत्वमा टोली घटनास्थलतर्फ गरेको समेत श्रेष्ठले जानकारी दिए। 

प्रकाशित: ८ आश्विन २०७७ ०५:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App