coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चारजना पक्राउ

कपिलवस्तुको कृष्णनगर नगरपालिकास्थित बसपार्क नजिकै भारत लैजाने तयारीमा रहेको ३७ किलो चरेससहित दुईजना महिलालाई पक्राउ गरेको छ । 

बुधबार दिउँसो प्रहरीले मकवानपुर मनोहरी गाउपालिका–९ की ४० वर्षीया शान्ती तामाङ र जिल्ला रोल्पाका घर भई हाल कपिलवस्तु शिवराज नगरपालिका– ५ बानियाभर की ३५ वर्षीया बसन्ती घर्तीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । 

यसैबीच कपिलवस्तुको यशोधरा गाउँपालिका– ७ मर्यादपुरमा ब्राउन सुगरसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । २५ वर्षीय लल्लु भन्ने नियाज धुनिया र २० वर्षीय अजमेरी धुनियालाई २७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित: ८ आश्विन २०७७ ०४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App