७ वैशाख २०८१ शुक्रबार
समाज

स्याङजाको वालिङमा पहिरो जादाँ ५ को मृत्यु, ४ जना वेपत्ता

स्याङजाको वालिङ नगरपालिका १४ मा पहिरोले घर पुरिदाँ वेपत्ता भएका ९ जनामध्ये ५ जनाको शव निकालिएको छ। अविरल वर्षाले पहिरो जाँदाँ स्थानीय माया नेपालीको घर पहिरोमा पुरिएको हो। बिहीबार विहान साढे चार बजे गएको पहिरोमा परी वेपत्ता भएका मध्ये ५ जनाको शव निकालिएको हो।  

चार जना अझै पुरिएको अवस्था छ। जिवितै उद्दार भएको १० वर्षको बालक भने वालिङ अस्पताल लगिएको नेकपा वालिङ नगर कमिटिका अध्यक्ष राजेन्द्र डुम्रेले जानकारी दिए। पहिरोमा १० जना परेका थिए।  

एकै परिवारका नौ जना थिए। एक जना भने पाहुना रहेको समेत स्थानीय बासिन्दाले जनाएका छन्।  माया नेपाली लगायत पाँचजनाको शव निकालिएको वडा न १४ का वडा सदस्य गमप्रसाद लुइटेलले जानकारी दिए। झरीकै कारण उद्दारमा केही कठिनाई भए पनि स्थानीयबासीको सक्रियतामा उद्दारकार्य भने भईरहेको छ।

प्रकाशित: ८ आश्विन २०७७ ०३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App