५ वैशाख २०८१ बुधबार
समाज

केसीको जीवन रक्षा गर्न माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चिकित्सक गोविन्द केसीका जायज माग पूरा गरी उनको जीवन रक्षा गर्न सरकारलाई अपिल गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बुधबार जारी विज्ञप्तिमा तत्काल वार्ता समिति गठन गरी माग पूरा गर्नेतर्फ पहल थाल्न अपिल गरिएको छ । ‘डा. गोविन्द केसीसँग इमानदार वार्ता र सार्थक कार्यान्वयन गर्न नेपाली कांग्रेस सरकारलाई अपिल गर्छ,’ विज्ञप्तिमा छ ।  

सरकारले केसीसँग भएको सहमति उल्लंघन गर्दा अहिलेको परिस्थिति आएको कांग्रेसको दाबी छ । स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर जुम्लामा सत्याग्रहमा बसेका केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि नेपालगन्ज हुँदै मंगलबार काठमाडौं ल्याइएको थियो । उनले अस्पतालमा पनि सत्याग्रहलाई निरन्तरता दिएका छन् । उनको यो १९औं सत्याग्रह हो ।

प्रकाशित: ८ आश्विन २०७७ ०१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App