८ वैशाख २०८१ शनिबार
समाज

पिसिआर रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएका युवामा संक्रमण

सम्पर्कमा आएका सबैलाई होम क्वारेन्टिनमा राखियो

म्याग्दीको खुल्लामञ्चमा रहेको आइसोलेसन कक्ष ।

पिसिआर रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाएका म्याग्दीका एक युवामा कोरोना संक्रमण भटिएको छ। भारतबाट फर्किएका बेनी नगरपालिका–३ भकिम्लीको दुधेखोलाका ३० वर्षीय युवा क्वारेन्टिनबाट घर गएको दुई दिनपछि पिसिआर पोजेटिभ रिपोर्ट आएपछि संक्रमतिको सम्पर्कमा रहेकाको ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरिएको छ। गत भदौ २७ गते नेपाल–भारत सीमा क्षेत्रबाट आएका ३० वर्षीय युवा म्याग्दी बहुमुखी क्याम्पसबाट असोज ५ गते साँझ घरमा पुगेका युवालाई ६ गते साँझ कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयबाट जानकारी प्राप्त भएलगत्तै युवालाई जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को टोलीले आइसोलेन कक्षमा ल्याएको थियो।  

कोरोना पुष्टि भए लगत्तै युवाको सम्पर्कमा पुगेका व्यक्तिको पहिचानका लागि ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए। उनले आमा, श्रीमती, दाईभाउजु, बालबच्चा, ससुरा, दिदिबहिनी, भान्जा भान्जी लगायत छिमेकी र सम्पर्कमा रहेका आफन्तलाई होम क्वारेन्टिनमा राखिएको छ। ‘कन्ट्याक्ट ट्रेसिङ’ को काम सकिएको छैन,‘नियमित प्रक्रिया भएकाले सुरक्षित रहन अनुरोध गर्दछौ’ लम्सालले भने। कन्ट्याक्ट ट्रेसिङमा उच्च जोखिम, सामान्य जोखिममा कति जना छन् भन्नेबारेमा जानकारी दिन सजिलो हुने स्वास्थ्य कार्यालय प्रमुख लम्सालको भनाई छ।  

संक्रमित युवासँग सम्पर्कमा रहेपनि त्रसित नभई सतर्क हुन समेत लम्सालले अनुरोध गरेका छन्। संक्रमतिको सम्पर्कमा पुगेकालाई तत्काल क्वारेन्टिनमा राख्ने र स्वाब संकलनमा गरेर परीक्षणमा पठाउने गरी ट्रेसिङ गरिएको छ। संक्रमित युवाका घरपरिवार, ससुराली, गाउँमै रहेको चौतारीमा बसेका ३ जना र घर निर्माणको क्रममा सम्पर्कमा आएका ४ जनालाई होम क्वारेन्टिनमा राखिएको छ। घरमा पुगेपछि चौतारीमा बसेका, घर निर्माणको क्रममा नजिकबाटै अवलोकन गरेको, भलिबल खेलेको लगायतका सामाजिक काममा सँगै काम गरेका स्थानीय लगायतको पहिचानको काम भइरहेको छ।  

गाउँमा धेरै घुलमिल नगरेकाले त्रसित हुनुपर्ने अवस्था नरहेको स्थलगत टोलीमा सहभागीले बताएका छन्। म्याग्दी बहुमुखी क्याम्पसदेखि गाउँ आउँदासम्मको अवधिमा सम्पर्क भएका व्यक्तिको लिस्ट बनाउन ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरिएकाले सम्पर्कमा गएका सबै होम क्वारेन्टिनका बस्न अनुरोध समेत गरिएको छ। यता संक्रमित युवाले समेत आफ्नो यात्रा, भेटघाटबारे स्पष्ट रूपमा बताएकाले पहिचानमा सहज भएको छ। कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङ महत्वपूर्ण हुन्छ। संक्रमित र निजका सम्पर्कमा आएकाहरूको ‘ट्रेस’ प्रभावकारी हुन सकेमा समुदायमा नफैलिने चिकित्सकको भनाई छ।  

१५ सयभन्दा बढीको स्वाब संकलन

म्याग्दीबाट हालसम्म १५ सय २३ जनाको स्वाब संकलन गरी पिसिआरका लागि पोखरा पठाइएकोमा १४ सय ९३ जनाको १४ सय १९ जनाको नेगेटिभ आएको छ भने संक्रमितको पहिलो, दोस्रो, तेस्रो रिपोर्टसहित ६४ जनाको पोजेटिभ आएको छ। जिल्लाभित्रका विभिन्न स्थानमा भिडभाड हुने क्षेत्रमा कार्यरत करिब ५ सय जनाको समुदायस्तरमै गरिएको स्वाब परीक्षण रिपोर्ट समेत नेगेटिभ आएपनि जिल्ला प्रवेश गर्ने कालिपुल बाहेक अन्य नाकाहरु बन्द अवस्थामा छन्।

संक्रमणबाट बच्न अपनाउनुपर्ने सामान्य मास्क, सामाजिक दूरी लगायत प्रशासनले तोकेका आवश्यक मापदण्डलाई पालना गर्न समेत अनुरोध गरिएको छ। म्याग्दीको धवलागिरी गाउँपालिकाको ठेगाना भए पनि बसाइसराई गरेर पर्वतको लामाखेत गएका एक परिवारको ४५ दिनको नवजात शिशुको काठमाडौंमा मृत्यु भएकोमा पुरानो ठेगानाअनुरुप नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याग्दीमा एक जनाको मृत्यु कायम गरिदिएको थियो। उक्त संख्यालाई पनि गणना गर्दा भने जिल्लामा ५० जना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

प्रकाशित: ७ आश्विन २०७७ १३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App