१६ चैत्र २०८० शुक्रबार
समाज

प्रदेश २ः ३७ जना संक्रमित थपिए, ६३ डिस्चार्ज

सिरहामा थप एकको कोरोनाबाट मृत्यु

क्याप्शन

कोरोना संक्रमणबाट सिरहाका एक पुरुषको मृत्यु भएको छ। औरही गाउँपालिका–३ साविक घर भई गोलबजार नगरपालिका–१ बस्दै आएका ५० वर्षीय पुरुषको उपचारको क्रममा बुधबार विहान वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो।

मस्तिष्क समबन्धी समस्याबाट पीडित उनी असोज ५ गते उपचारका लागि न्यूरो अस्पताल विराटनगर गएका थिए। सोही दिन उनको आरटी पिसिआर परीक्षणका लागि स्वाब लिएको थियो। असोज ६ गते पिसिआर रिपोर्ट पोजेटिभ आएपछि थप उपचारका लागि उनलाई वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो। प्रतिष्ठानको आइसोलेसनमा उपचारको क्रममा असोज ७ गते विहान उनको मृत्यु भएको सिरहाका जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले बताए।

उनको शव गोलबजार ल्याएर नेपाली सेनाबाट व्यवस्थापनको तयारी भैरहेको यादवले बताए। यससँगै सिरहामा कोरोनाबाट मृतकको संख्या १२ पुगेको छ।

यसैगरी, बुधबार प्रदेश २ मा ३७ जना संक्रमित थपिएका छन् भने ६३ जना निको भएर घर फर्केका छन्। यससँगै यस प्रदेशमा संक्रमितको संख्या १३ हजार १ सय ८ पुगेको छ। सात हजार १ सय ८२ जना निको भएर घर फर्किसकेका छन्।

सामाजिक विकास मन्त्रालयका अनुसार धनुषामा १ जना, सिरहामा ६ जना, सर्लाहीमा १५ जना र सप्तरीमा १५ जना संक्रमित थपिएका छन्। यससँगै धनुषामा १ हजार ८ सय ८३१, सिरहामा १ हजार १ सय ६१, सप्तरीमा १ हजार १ सय ९०, महोत्तरीमा १ हजार ४ सय १७, सर्लाहीमा १ हजार ८ सय ८६, रौतहटमा १ हजार ८ सय ५०, बारामा १ हजार २ सय ४२ र पर्सामा २ हजार ४ सय ७० जना संक्रमित पुगेको छ। यस प्रदेशमा कुल सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ३ रहेको छ।

कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २३ पुगेको छ। पर्सामा सबैभन्दा बढी ४२ जना, बारामा १८ जना, रौतहटमा ६ जना, सर्लाहीमा ५ जना, महोत्तरीमा १३ जना, धनुषामा १५ जना, सिरहामा १२ जना र सप्तरीमा ११ जनाको मृत्यु भएको छ। पर्सामा एक जना भारतीय नागरिकको मृत्यु भएको छ।

प्रकाशित: ७ आश्विन २०७७ १३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App