१६ चैत्र २०८० शुक्रबार
समाज

बुहारी बलात्कार गर्ने ससुरा पक्राउ

आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन्। प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय व्यक्तिलाई बुहारी बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो।  

ति व्यक्तिले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका ति पुरुषले गत साउन १६ गते र भदौ ३१ गते जबर्जस्ती करणी गरेको पीडित महिलाको उजूरीमा उल्लेख छ। प्रहरीले म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ। रासस      

 

 

प्रकाशित: ७ आश्विन २०७७ १०:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App