१६ चैत्र २०८० शुक्रबार
समाज

थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३६ पुगेको छ।

यस्तै पछिल्लो पटक देशभर ११ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। भने १८ सय ९३ जनाले भने कोरोना संक्रमणलाई जित्न सफल भएका छन्।

देशभर कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ रहेको छ। भने संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ रहेको छ।

आइसोलेसनमा भएकाहरुको संख्या १७ हजार ४१४ छ भने ७ हजार १०४ जना क्वारेन्टिनमा रहेका छन्।

प्रकाशित: ७ आश्विन २०७७ १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App