coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आज यी पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

प्रतिकात्मक तस्बिर

आज बुधबार दिउँसो तथा राति सबै प्रदेशमा भारी र केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

मौसमविद्का अनुसार अहिले पनि देशका धेरै स्थानमा वर्षा भइरहेको छ।

बाढी पूर्वानुमान महाशाखाले बुधबार दिउँसो जारी गरेको सूचनाअनुसार सूर्यपूरा, लुम्बिनी, भैरहवा, वाणगंगालगायत रूपन्देही र कपिलवस्तुका धेरै स्थानमा ठूलो वर्षा भइरहेको छ।  

जसका कारण कञ्चनखोला, दानो खोला, वाणगंगा, तिनाउको तटीय क्षेत्र र आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले दिउँसो ४ बजेसम्म सतर्क रहन आवश्यक छ।  

यस्तै झापा, इलामलगायत क्षेत्रमा ठूलो वर्षा भएको बाढी महाशाखाले ट्विटरमार्फत जानकारी दिएको छ।  

मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना छ  भने  प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १/२ स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ।  

यस्तै राति पनि देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना छ भने प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ। 

यसैले आगामी २४ घण्टा अर्थात् बिहीबार बिहान ६ बजेसम्म सतर्कता अपनाउन जोखिम क्षेत्रका बासिन्दालाई महाशाखाले अनुरोध गरेको छ।  

महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेकाे चेतावनीमा भनिएको छ : सबै प्रदेशका थोरै–थोरै स्थानमा भारी वर्षा साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रकाशित: ७ आश्विन २०७७ ०७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App