८ वैशाख २०८१ शनिबार
समाज

पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध, २ गाडी पुरियो

धादिङको गजुरी गाउँपालिका वडा न ५ गलौदीमा पहिरो जादा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ । पहिरोले बुधबार बिहान २ वटा गाडी पुरिएको छ । काठमाडौबाट धनगढी जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर र काठमाडौ जाँदै गरेको एचआर ३३ ९९०१ नम्बरको भारतीय गाडीमा क्षति पुगेको छ ।  

पहिरोले राजमार्ग पुर्ण रुपमा अबरुद्ध भएको छ । सडक बिभागको गजुरी फिल्ड कार्यलयबाट पहिरो पन्छाउनको लागि डोजर परिचालित गरिएको गजुरि प्रहरीले जानकारी दिए  ।

मङ्गलबारदेखी परेको अविरल बर्षाले जिल्लाको विभिन्न ठाउँमा पहिरो गएको छ ।

प्रकाशित: ७ आश्विन २०७७ ०४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App