१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

५२ प्रतिशत कोरोना संक्रमित होम आइसोलेसनमा

विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितमध्ये ५२ प्रतिशत व्यक्ति होम आइसोलेसनमा बस्ने गरेका छन्। लक्षण नदेखिएका र उनीहरूको अवस्था सामान्य रहेका कोरोना भाइरस संक्रमित होम आइसोलेसनमा बसेका हुन्।

संक्रमितमध्ये दुई सय ३७ जना अर्थात् ५२ प्रतिशत संक्रमित घरमै आइसोलेसनमा बसेका छन्। सक्रिय संक्रमितमध्ये दुई सय १५ जना विभिन्न अस्पताल र स्थानीयतहद्वारा सञ्चालित आइसोलेसनमा बसेका छन्। सरकारले लक्षण नदेखिएका संक्रमितलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर होम आइसोलेसनमा बस्न अनुरोध गरेको छ। त्यसपछि होम आइसोलेसनमा बस्नेको संख्या दिनानुदिन बढ्दै गएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।  

कर्णाली प्रदेशमा आइसियुको बेड संख्या ६२ छ भने भेन्टिलेटरको संख्या २६ छ। प्रदेश सरकारले आइसियु र भेन्टिलेटरको संख्या थप्ने तयारी गरेको छ। मन्त्रालयका अनुसार कर्णालीका १० जिल्लामा एक हजार नौ सय ४१ आइसोलेसन बेड छन्। संक्रमितहरू घरमै बस्न थालेपछि धेरै आइसोलेसन प्रयोगविहीन भएका छन्।

अस्पताल तथा आइसोलेसन सेन्टरहरूमा हेरचाहको कमी, पर्याप्त सेवा सुविधा नहुने हुँदा अधिकांश कोरोना संक्रमित घर तथा होटलमा बस्न चाहेको बताइएको छन्। श्वासप्रश्वासमा समस्या भएका र अलि जटिल अवस्थाका संक्रमितलाई आइसोलेसन तथा अस्पतालमा राखेर उपचार भइरहेको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जानकारी दिए। उनका अनुसार सामान्य अवस्थाका संक्रमितलाई उनीहरूकै अनुरोधमा होम आइसोलेसनमा राखिएको छ।

सुर्खेतमा ६२ प्रतिशत कोरोना संक्रमित घरमा बसेका छन्। दुई सय ७३ जनामध्ये एक सय ६९ जना सक्रिय संक्रमित घरमै रहेको उनको भनाइ छ।

प्रकाशित: ६ आश्विन २०७७ ११:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App