१५ चैत्र २०८० बिहीबार
समाज

प्रदेश १ मा १ सय ६६ संक्रमित थपिए, ३७ डिस्चार्ज

मंगलबार प्रदेश १ मा १ सय ६६ कोरोना संक्रमित थपिएका छन्। सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा ३, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा १९ महिला र १५ पुरुष छन्। सुनसरीकै दुहबीमा ८ महिला १२ पुरुष, इटहरीमा ८ महिला १२ पुरुष, रामधुनीमा २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।  

मोरङको बुढीगंगामा ८ महिला १५ पुरुष, विराटनगरमा ११ महिला १० पुरुष, बेलबारीमा ५ महिला ३ पुरुष, रंगेलीमा २, जहदामा १ पुरुष, पथरीशनिश्चरेमा १ महिला, झापाको दमकमा ७ महिला ९ पुरुष, मेचीनगरमा २ महिला १ पुरुष, भद्रपुरमा २ पुरुष, अर्जुनधारामा १ पुरुष, कमलगाउँपालिका र स्थानीय तह नखुलेका १–१ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै संखुवासभाको खाँदबारीमा २ र सभापोखरीमा १ पुरुष, तेह्रथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय ५९ पुगेको छ।  

प्रदेशमा ३७ जना डिस्चार्ज भएका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २७, उद्योग वाणिज्य संघ आइसोलेसन ताप्लेजुङबाट ३, होम आइसोलेसनबाट ५, विराट मेडिकल र न्यूरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५ सय ९१ पुगेको छ।

प्रदेश १ मा मंगलबार १ हजार ३ सय ३६ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ७३ महिला र ९३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म १ लाख १७ हजार ८ सय ८८ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ६ आश्विन २०७७ ११:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App