१६ चैत्र २०८० शुक्रबार
समाज

नेपाल टेलिकमको तार चोर्ने पक्राउ

नेपाल टेलिकमको तार चोरी गर्ने चार जना पक्राउ परेका छन्। विराटनगर–४ स्थित जामुन गाछिबाट सोमबार राती उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।  

पक्राउ पर्नेमा विराटनगर–६ का विजय सहनी, राज सहनी, रविन सहनी र सुमित सहनी छन्। विराटनगरको विभिन्न स्थानबाट टेलिकमका तार चोरी भएको उजुरी परेपछि मोरङ प्रहरीले तार चोर्नेहरूको खोजी गर्न थालेको थियो। पक्राउ परेकाहरूको साथबाट नेपाल टेलिकमको १ सय ५० पेयरको २ सय २० मिटर केवलसमेत बरामद भएको छ।  

चोरीमा प्रयोग गरिएको को ९ प ४१५८ नम्बरको यामाहा मोटरसाईकल पनि बरामद भएको मोरङ प्रहरीले जनाएको छ। पक्राउ परेका चारैजनालाई चोरी ऐन अन्तर्गत कार्वाही गरिने प्रहरीले जनाएको छ।

प्रकाशित: ६ आश्विन २०७७ ११:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App