coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बर्दियामा १६ जना कोरोना संक्रमित थपिए

बर्दियामा १६ जना कोरोना संक्रमित थपिएका छन्। भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको २०० जनाको स्वाब परिक्षणमा बर्दियामा १६ जनालाई कोरोना संक्रमणको पुष्टि भएको हो।  

संक्रमण पुष्टि भएका मध्ये गुलरिया नगरपालिकाका ६ जना, राजापुर नगरपालिकाका एक जना, बार बर्दिया नगरपालिकाका ६ जना, गेरुवा गाउँपालिकाका एक जना र बढैयाताल नगरपालिकाका २ जना छन्। संक्रमित मध्ये १२ जना पुरुष रहेका छन् भने ४ जना महिला छन्। यो सँगै बर्दियामा कोरोना संक्रमितको संख्या ५ सय ८६ भएको छ।

 

प्रकाशित: ६ आश्विन २०७७ १०:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App