coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना छ, २४ घण्टासम्म सतर्कता अपनाउनुहोला’

आज मंगलबार दिउँसो तथा राति धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ६ बजेसम्म सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।  

महाशाखाका अनुसार अहिले पनि कतिपय स्थानमा वर्षा भइरहेको छ।  

महाशाखाले मंगलबार बिहान जारी गरेको ‘मौसम पूर्वानुमान बुलेटिन’अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।  प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।  

महाशाखाले आगामी २४ घण्टा (मंगलबार बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।  

जसमा  भनिएको छ : दिउँसो प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा र राति गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

बिहीबारसम्मकै वर्षा अनुमान यहाँ-

प्रकाशित: ६ आश्विन २०७७ ०७:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App