७ वैशाख २०८१ शुक्रबार
समाज

प्रदेश १ मा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।  ताप्लेजुङको  १, सुनसरी  १ र झापाकी  १ जना महिलाको मृत्यु भएको हो।

तीन जना थपिएसँगै  प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ। यस्तै सोमबार  प्रदेश १ मा १ सय १९ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १ सय ५, सुनसरीमा ९, झापामा २, उदयपुर १ , संखुवासभा १ र प्रदेश १ बाहिका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको  छ। मन्त्रालयका अनुसार विराटनगरमा ९७ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा ४३ महिला र ५४ पुरुष छन्। मोरङको कटहरीमा २ महिला ४ पुरुष, ग्रामथानमा १ महिला र बुढीगंगामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको  छ। १ सय १९ जना संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ९३ पुगेको छ।  

प्रदेश १ मा सोमबार  १६ जना डिस्चार्ज भएका छन्। कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १०, कालिसदन आईसोलेसन, विराटनगर र झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट ३–३ जना डिस्चार्ज भएका छन्। हालसम्म २ हजार ५५२ जना डिस्चार्ज भइसकेका छन्।  प्रदेश १ मा  हाल सम्म १ लाख १६ हजार ५ सय ५२ जनाको पीसीआर परीक्षण गरिएको  सामाजिक विकास मन्त्रालयले जनाएको  छ।  

 

 

प्रकाशित: ५ आश्विन २०७७ १३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App