७ वैशाख २०८१ शुक्रबार
समाज

बर्दियामा २३ जना कोरोना संक्रमित थपिए

बर्दियामा २३ जना कोरोना संक्रमित थपिएका छन्। बाँसगढी नगरपालिकाका ४६ जनाको स्वाब संकलन गरेका मध्ये २३ जनामा कोरोना पोजेटिभ देखिएको छ।  

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा ४६ जनाको पीसीआर परिक्षणमा २३ जनालाई कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए।  

सिजि फुडका संक्रमित कर्मचारीहरुको ट्रेसिङमा परेका ४६ जना मध्ये २३ जनामा कोरोना पुष्टि भएको गिरीले बताए।  यो सँगै बर्दियामा कोरोना संक्रमितको संख्या ५ सय ७० भएको छ ।

 

प्रकाशित: ५ आश्विन २०७७ ११:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App