coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कपिलवस्तुमा बिपन्न परिवारलाई घुम्ती रिक्सा

कपिलवस्तुको तौलिहवास्थित एक संस्थाले गरीब तथा बिपन्न परिवारलाई घुम्ती रिक्सा (ठेला) बाडेको छ। तौलिहवामा एक कार्यक्रमका बीच नेपाल डेभलप्मेन्ट सोसाइटीले चार जना बिपन्न परिवारलाई आयआर्जनमा सहयोगका लागि घुम्ती रिक्सा प्रदान गरेको हो।  

अल रहमा कुबेतको आर्थिक सहयोगमा ईस्लामिक संघ नेपाल कपिलवस्तु शाखाको सहजीकरणमा ठेला हस्तान्तरण गरिएको थियो। संघका जिल्ला सचिव मोहम्मद अनवारुल हक तथा सोसाईटीका फिल्ड अफिसर सद्दाम हुसेनले ठेला बाडेका थिए। सचिव हकले परिवारलाई ठेला हस्तान्तरण गर्दै यसले बिपन्न परिवारलाई गुजारा चलाउन मद्दत मिल्ने बिश्वास ब्यक्त गरे। उनले प्राप्त ठेलाको सही सदुपयोग गर्न आग्रह गरेका थिए।  

सोही अवसरमा फिल्ड अफिसर हुसेनले बिपन्न परिवारको पहिचान गरी ठेला उपलब्ध गराइएको बताए। ४० हजार मूल्यको ठेलासहित नगद २ हजार रुपैयाँ समेत प्रदान गरिएको थियो। ठेला पाएका चार जनाले नै फलफूल बिक्री गर्ने बताएका छन्। अहिले सम्म कपिलवस्तुमा सो संस्थाले ६५ बिपन्न परिवारलाई ठेला दिएको जनाएको छ। ठेला पाएर निकै खुशी भएका छन्।

प्रकाशित: ४ आश्विन २०७७ १३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App