१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रदेश २ः ८२ संक्रमित थपिए, संक्रमणबाट चारको मृत्यु

प्रदेश २ मा आइतबार ८२ जना संक्रमित थपिएका छन्। यससँगै यस प्रदेशमा संक्रमितको संख्या १२ हजार ९ सय ४६ पुगेको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार, सिरहाको लहानमा १२ जना र भगवानपुर गाउँपालिकामा ३ जना गरी १८ जना, सप्तरीमा १८ जना, सर्लाहीमा ८ जना, रौतहटमा २६ जना, पर्सामा १२ जना संक्रमित थपिएका छन्।  

सप्तरीमा संक्रमितको संख्या १ हजार १ सय ५०, सिरहामा १ हजार १ सय १५, धनुषमा १ हजार ८ सय ७६, महोत्तरीमा १ हजार ४ सय ३, सर्लाहीमा १ हजार ८ सय ६४, रौतहटमा १ हजार ८ सय २३, बारामा १ हजार २ सय ४०, पर्सामा २ हजार ४ सय ६८ छ। यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ८२ पुगेको छ। जसमध्ये १ हजार १ स २६ सामुदायीक आइसोलेसनमा र ४ हजार ६ सय ५६ जना होम आइसोलेसनमा छन्।

यस प्रदेशमा हालसम्म १ लाख १२ हजार २ सय ८५ जनाको पिसिआर परीक्षण भैसकेको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ। आइतबार ३४ जना संक्रमित निको भएर घर फर्केका छन्। यससँगै यस प्रदेशमा निको भएर घर फर्किनेको संख्या ७ हजार ४४ जना पुगेको छ।  

२४ घण्टाभित्र चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बाराको कलैया उपमहानगरपालिका १३ बलिरामपुरका ६५ वर्षीय पुरुष, रौतहटको गौर नगरपालिका १ का ६१ वर्षीय पुरुष, पर्सा वीरगन्ज महानगरपालिका ४ विर्ताका ७८ वर्षीय पुरुष र वीरगन्ज ६ रेशमकोठीका ८८ वर्षीय पुरुषको कोरानाबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यो सँगै यस प्रदेशमा मृतकको संख्या १ सय २० पुगेको छ।

प्रकाशित: ४ आश्विन २०७७ १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App