१५ चैत्र २०८० बिहीबार
समाज

खाल्डोमा डुबेर एक बालकको मृत्यु, दुई गम्भीर

मौलापुर नगरपालिकाअन्तर्गत वर्षाको पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ। सोही खाल्डोमा डुबेका अन्य दुई बालकको अवस्था गम्भीर रहेको छ। वडा नं ३ गमहरियाका रामप्रवेश यादवका छोरा वर्ष पाँचका रविविसको पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक राकेश यादवले जानकारी दिए।

सोही खाल्डोमा डुबेका छोटेलाल यादवका वर्ष छ का मेघनाथ यादव र वर्ष चारका अमित यादवको विरगंज स्थित अस्पतालमा उपचार भइरहेको छ। आज दिउँसो तीनै बालक गमहरिया गाउँछेउ शहीद चोक नजिकै खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेका थिए।

स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि विरगंज लैजाने क्रममा एक बालकको बाटामै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ।

प्रकाशित: ३ आश्विन २०७७ १३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App