७ वैशाख २०८१ शुक्रबार
समाज

असोज ५ सम्म यस्ताे छ वर्षाको सम्भावना

आज शनिबारदेखि सोमबारसम्मै देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

कतिपय स्थानमा भारी वर्षासमेत हुने भएकाले होसियारी अपनाउनसमेत महाशाखाले सम्बन्धित सबैमा अनुरोध गरेको छ। 

महाशाखाले शनिबार बिहान जारी गरेको ‘मौसम पूर्वानमान बुलेटिन’अनुसार आगामी तीन दिन यस्तो छ वर्षाको सम्भावना : 

असोज ३ गते (शनिबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही  स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  

असोज ४ गते (आइतबार)

दिउँसो स् देशभर सामान्यतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  

राती : देशभर सामान्यतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  

असोज ५ गते (सोमबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका  केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  

राती : देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश  नं १, प्रदेश  नं २ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  

सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रकाशित: ३ आश्विन २०७७ ०७:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App