coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कुलमानले भने, मेरो पक्षमा सडक आन्दोलन नगरि दिनुहोला

उपयुक्त समयमा आवश्यक निर्णय हुनेछ

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा सडक प्रदर्शन नगरिदिन आग्रह गरेका छन्। घिसिङले शनिबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीले नेपाल पनि आक्रान्त भएका बेला सडकमा भिडभाड गरेर प्रदर्शन नगरीदिन समर्थकलाई आग्रह गरेका हुन्।

‘विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ का कारण नेपाल पनि आक्रान्त भएको बेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु’, कुलमानद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

उनले प्राधिकरणको कार्यकारी निर्देशकका लागि सरकारले उचित समयमा आवश्यक निर्णय लिने आशा पनि व्यक्त गरेका छन्।

‘प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ’, कुलमानले भनेका छन्।

विद्युत प्राधिकरणमा दोस्रो पटक कुलमानलाई नियुक्त गरिनुपर्ने माग राखेर केही दिनयता राजधानी काठमाडौँसहितका विभिन्न शहरमा प्रदर्शनहरु भइरहेका छन्।

प्रकाशित: ३ आश्विन २०७७ ०५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App