१६ चैत्र २०८० शुक्रबार
समाज

प्रहरीले भेटेको पैसा सम्बन्धित व्यक्तिलाई फिर्ता

खोटाङमा प्रहरीले भेटेको पैसा सम्वन्धित व्यक्तीलाई फिर्ता दिएको छ। हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका सुमन राईले दुई हप्ता अघि हराएको पैसा प्रहरीले भेटेर फिर्ता दिएको हो। प्रहरीको गस्ती टोलीले भदौ १५ गते दिक्तेलबजारको त्रिबेणीचोकमा भेटेको १५ हजार ४२० रुपैयाँ रकम शुक्रबार सम्वन्धित व्यक्तीलाई फिर्ता दिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए।  

पैसा हराएका राईले दिक्तेलमा आएर ‘पैसा हराएको’ कुरापछि र प्रहरीले भेट्टाएको जानकारी पाएपछि उनी जिल्ला प्रहरी कार्यालय पुगेका थिए। कुराकानीकाक्रममा गस्ती प्रहरीले भेटेको पैसा आफ्नै भएको आधार पेश गरेपछि उनलाई पैसा फिर्ता दिइएको प्रहरीले जनाएको छ। प्रहरीको गस्ती टोलीले भेटेको पैसा जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए।  

 

भेटेको पैसा सम्वन्धित व्यक्तीलाई फिर्ता गर्दै प्रहरी जवान। तस्बिर ः नागरिक  

 

प्रकाशित: ३ आश्विन २०७७ ०५:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App