५ वैशाख २०८१ बुधबार
समाज

पोखरीमा महिलाको शव फेला

कपिलवस्तुको यशोधरा गाउँपालिका वडा न २ बिचली भडेहरमा सार्वजनिक पोखरीमा स्थानीय एक महिला मृत अवस्थामा फेला परेकी छिन्। २१ वर्षीया अनिता पासीको शव पोखरीमा फेला परेको हो।  

शुक्रबार बिहान पोखरीमा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी उपरीक्षक नवराज अधिकारीले पासीको मृत्युको कारण नखुलेको बताए। शवको पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने बताइएको छ।  

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए।

प्रकाशित: २ आश्विन २०७७ १२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App