coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ड्यूटीमा खटिएका प्रहरीलाई तीन सय थान ‘फेस सिल्ड’

तस्बिर: नागरिक

जिल्ला प्रहरी कार्यालय खोटाङलाई तीन सय थान ‘फेस सिल्ड’ प्रदान गरिएको छ। कोरोना महामारीकाबीचमा ड्यूटीमा खटिएका प्रहरीलाई संक्रमणबाट बचाउनका लागि प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईको पहलमा जिल्ला प्रहरी कार्यालयलाई ‘फेस सिल्ड’ प्राप्त भएको हो। 

प्रतिनिधिसभा सदस्य भट्टराईले विभिन्न व्यक्तिबाट फेस सिल्ड जुटाएर शुक्रबार जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद चिमरियालाई हस्तान्तरण गरेका छन्। कोरोना कहरकाबीचमा नागरिकसँगको प्रत्यक्ष सम्पर्कमा पुग्ने र ड्यूटीमा खटिएका प्रहरीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर ‘फेस सिल्ड’ जुटाएर प्रहरीलाई हस्तान्तरण गरिएको प्रतिनिधिसभा सदस्य भट्टराईले बताए।  

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, नेकपाका कार्यालय सदस्य कुमार आचार्य, सामुदायिक सेवा केन्द्रका अध्यक्ष सनमान खड्का लगायतको उपस्थितिमा प्रतिनिधिसभा सदस्य भट्टराईले प्रहरीलाई ‘फेस सिल्ड’ हस्तान्तरण गरेका हुन्। जिल्ला प्रशासन कार्यालयले पनि केही समयअघि प्रहरीलाई ६० थान ‘फेस सिल्ड’ उलपव्ध गराएको थियो। आगामी दिनमा फ्रन्टलाईनमा ड्यूटीमा खटिएका तथा नागरिकसँग प्रत्यक्ष सम्पर्कमा पुग्ने प्रहरीले मास्क सहित फेस शिल्ड लगाउने डिएसपी चिमरियाले बताए। 

‘प्राप्त भएको ‘फेस सिल्ड’ प्रहरीको सबै यूनिट तथा नाकामा खटिएका प्रहरी पोष्टमा पु¥याउने छौँ। प्रहरी मास्कको अलवा ‘फेस सिल्ड’ लगाएर ड्यूटीमा खटिनेछन्,’ डिएसपी चिमरियाले भने, ‘संक्रमणको जोखिम बढिरहेको अवस्था छ। यो वेलामा जनतालाई संक्रमणबाट जोगाउन र आफु जोगिनका लागि फेस सिल्ड प्रभावकारी हुने अपेक्षा गरेका छौँ।’  

प्रकाशित: २ आश्विन २०७७ १२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App