६ चैत्र २०८० मंगलबार
समाज

प्रदेश १ः १ सय ६६ संक्रमित थपिँदा १ सय ९२ जना डिस्चार्ज

प्रदेश १ मा शुक्रबार कोरोना भाइरस संक्रमित र डिस्चार्ज हुनेको संख्या बराबरी रहेको छ। प्रदेशमा १ सय ६६ जना कोरोना संक्रमित थपिँदा १ सय ९२ जना डिस्चार्ज भएका छन्। मोरङमा १ सय, सुनसरीमा ५६, झापामा ८ र उदयपुरमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ५८ जनामा संक्रमण देखिएको छ।  

संक्रमण देखिएका मध्ये २५ महिला र ३३ पुरुष छन्। मोरङकै कटहरीमा ७ महिला ८ पुरुष, पथरीशनिश्चरेमा ४ पुरुष, बुढीगंगामा १ महिला ३ पुरुष, जहदामा १ महिला २ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, रंगेली र बेलबारी १–१ महिला, ग्रामथान र सुन्दरहरैँचामा १–१ पुरुष, स्थानीय तह नखुलेका ३ महिला ६ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।  

त्यस्तै सुनसरीको इटहरीमा ७ महिला २५ पुरुष, बराहक्षेत्रमा २ महिला १० पुरुष, धरानमा १ महिला ८ पुरुष, इनरुवामा १ महिला १ पुरुष, हरिनगरमा १ महिला, झापाको शिवसताक्षीमा ३ महिला ४ पुरुष, कनकाईमा १ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष, स्थानीय तह नखुलेका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ४ स ३७ पुगेको छ।  

प्रदेशमा १ सय ९२ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट १ सय २७, कोभिड १९ आइसोलेसन अस्पताल सुन्दरहरैँचाबाट ३३, धानजन आइसोलेसन अस्पतालबाट १३, जिल्ला अस्पताल संखुवासभाबाट १०, मेची अस्पताल झापाबाट ४, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३, बि.जेनरल अस्पताल हरिनगर र मारवाडी सेवा सदन आइसोेलेसन विराटनगरबाट १–१ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। प्रदेशमा डिस्चार्ज हुनेको संख्या २ हजार ४ सय ३२ पुगेको छ।  

प्रदेशमा शुक्रबार ६ सय ६९ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ५७ महिला र १ सय ९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। मन्त्रालयका अनुसार हालसम्म १ लाख १३ हजार ८ सय ८९ जनाको पिसिआर परीक्षण गरिएको छ।

प्रकाशित: २ आश्विन २०७७ १२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App