११ कार्तिक २०७७ मंगलबार
समाज

कर्णालीमा दुई महिने बालिकासहित ३५ जनामा कोरोना

दुई महिने बालकसहित कर्णालीमा शुक्रबार थप ३५ जना कोरोना संक्रमित थपिएका छन्। रुकुम पश्चिमका २३, सुर्खेतका ६, सल्यानमा पाँच र मुगुका एकजना कोरोना संक्रमित थपिएका हुन्।

प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको स्वाब परीक्षणमा सुर्खेतस्थित लेकवेंशी र भेरीगंगा नगरपालिकाका दुई/दुई जना, पञ्चपुरी नगरपालिका र सिम्ता गाउँपालिकाका एक/एकजनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।  

सल्यान सिद्धकुमाख गाउँपालिकाका एक र वनगाडकुपिन्डे नगरपालिकाका चारजनामा कोरोना देखिएको स्वास्थ्य सेवा महाशाखा शिक्षा स्वास्थ्य अधिकृत नवराज कँडेलले जानकारी दिए। उनका अनुसार मुगुको खत्याड गाउँपालिकामा एक र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाकी दुई महिने बालिकासहित २३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या तीन हजार ६३ पुगेको छ।

शुक्रबार १६ जना उपचारपछि डिस्चार्ज भएको बताइएको छ। योसँगै डिस्चार्ज हुनेको संख्या दुई हजार ६ सय ४९ पुगेको छ।

प्रकाशित: २ आश्विन २०७७ १६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App