coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रीद्वारा सडकको शिलान्यास

सडकको शिलान्यास गर्दै प्रदेश मन्त्री सोनल।

प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शुक्रबार प्रदेशिक खण्ड अन्तर्गत पर्ने चैनपुर–कलैया सडककोे शिलान्यास गरेका छन्।

जिल्लाको पश्चिमी भागलाई सदरमुकाम कलैयासँग जोड्ने महत्व बोकेको उक्त सडकको एक कार्यक्रम बीच मन्त्री सोनलले शिलान्यास गरेका हुन्।

चार सय ४५ मिटर लामो सडकलाई ६ महिना भित्रमा एक करोड १४ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्न चौधरी निर्माण सेवाले २०७७ साल जेठ १९ मा सम्झौता गरेको सडक डिभिजन कार्यालय चपुरले जनाएको छ।

सडक डिभिजन कार्यालय चपुरका प्रमुख दरोगाप्रसाद साहले निर्माण गरिने सडकको ६ मिटर चौडाईमा ढलान र सडक खण्ड अन्तर्गत पर्ने गाउँहरुमा १०० मिटर लामो नाला समेत निर्माण गरिने बताएका छन्।

आठ किलोमिटर लामो सडकमा अधुरो रहने कामलाई अर्को चरण प्रदेश सरकारले गर्ने योजना समेत रहेको साहले बताए।

वीरगन्ज–पथलैया व्यपारीका मार्ग अन्तर्गत पर्ने परवानीपुर गाउँपालिका ४ चैनपुर चोकदेखि बुनियाद, प्रस्टोका हुँदै जिल्लाको सदरमुकाम कलैयालाई सडकले जोड्ने काम गर्ने  शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनलले भने।

भौतिक पूर्वाधार मन्त्रालयले प्रदेशका आठवटै जिल्लाहरुमा निर्माण गर्न लागिएको लगभग ३५ सय भन्दा बढी प्रादेशिक सडक मध्ये चैनपुर कलैया सडक खण्ड एक रहेको मन्त्री सोनलले बताए।

मन्त्रालयसँग रहेको बजेट अनुसार अहिले सडकको काम अगाडी बढाइएको र अधुरो रहने सडकको निर्माण कार्यलाई पुरा गर्न पुनः बजेटको व्यवस्था गरिएको दावी उनले गरे।

सिमित स्रोत साधनको प्रयोग गरेर बहुवर्षीय रुपमा प्रादेशिक सडकहरु निर्माण गर्दै जाने  योजना रहेका मन्त्री सोनलले बताए।

प्रकाशित: २ आश्विन २०७७ १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App