६ वैशाख २०८१ बिहीबार
समाज

क्वारेन्टिनमा आत्महत्या

क्वारेन्टिनमा बसेका रुपन्देही देवदहका एक युवाले झुन्डिएर आत्महत्या गरेका छन्। देवदह नगरपालिका वडा ४ भवानीपुरका २५ वर्षीय पिताम्बर पाण्डेले बुधबार राती आत्महत्या गरेका हुन्। जनजाती भवन क्वारेन्टिनमा बसेका पाण्डेले झुण्डिएर आत्महत्या गरेका खैरनी प्रहरी चौकी देवदहका प्रहरी निरीक्षक दिपक महतले जानकारी दिए।  

उनी भारतको बुम्बइबाट भदौ १७ नेपाल फर्किएका थिए। भारतबाट फर्केपछि क्वारेन्टिनमा बसेका थिए। ती युवासँगै बसेकाहरुको भने बुधबार नै रिपोर्ट नेगेटिभ आएको थियो। उनको मात्रै रिपोर्ट रोकिएकाले तनावमा भएको बताइएको छ। पाण्डेको पनि रिपोर्ट भने नेगेटिभ आएको देवदह नगरपालिकाले जनाएको छ।

प्रकाशित: १ आश्विन २०७७ १२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App