७ वैशाख २०८१ शुक्रबार
समाज

थवाङमा स्वास्थ्यकर्मी र प्रहरीमा कोरोना

रोल्पाको थवाङ । तस्बिर: दिनेश/नागरिक

रोल्पाको थवाङमा दुई र खुमेलमा एक जना गरि तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थबाङ गाउँपालिकामा कार्यरत एक जना स्वास्थ्यकर्मी र एक प्रहरीसहित दुई जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा ३६ वर्षीय स्वास्थ्यकर्मी र ३७ वर्षीय प्रहरी रहेका छन्।

बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ घोराहीमा ९१ जनाको पिसिआर परीक्षण गरिएकामा २ जनामा कोरोना पोजेटिभ देखिएको थियो। गत शनिबार थबाङबाट १ सय ७ जनाको स्वाब संकलन गरिएको थियो। तिमध्ये १६ जनाको रिपोर्ट आउन बाँकी रहेको गाउँपालिकाले बताएको छ। संक्रमित दुबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

कोरोना रिपोर्ट पोजेटिभ आएका तीनै जनालाई सदरमुकाम लिबाङस्थित अस्थायी आइसोलेसन केन्द्रमा पठाउने तयारी भइरहेको भईरहेको छ। कोरोना भाइरस संक्रमण देखिएको क्षेत्रमा आजैदेखि कन्ट्रयाक ट्रेसिङको काम गरिने छ। यो संगै रोल्पामा ९८ जना संक्रमित भेटिएका छन्।

प्रकाशित: १ आश्विन २०७७ ०९:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App