बालिका बलात्कार आरोपमा पक्राउ उदयपुरका एक युवा १२ वर्ष कैद सजायको भागीदार भएका छन्। जिल्ला अदालत उदयपुरको मंगलबार बसेको इजालसले बालिका बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रौतामाई गाउँपालिका ३ का २४ वर्षीय भविन्द्र राईलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको हो।
जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले झण्डै वर्षदिनअघि ११ वर्षीया बालिकामाथि बलात्कार अभियोगमा राईलाई दोषी करार गर्दै ५ हजार क्षतिपूर्तिसमेत भराउने फैसला गरेको छ। बालिका बलात्कार अभियोगमा राई गत २०७६ कात्तिक १४ गते पक्राउ परेका थिए। उनीमाथि कात्तिक ८ गते राति आफ्नै घरको मतानमा सुतिरहेकी बालिकालाई बलात्कार गरेको अभियोग लागेको थियो।
पीडितका आफन्तले बालिकामाथि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरमा दिएको उजुरीका आधारमा पक्राउ गरी जवरजस्ती करणीे अभियोगमा मुद्धा चलाएको थियो। अनुसन्धानको क्रममा मंसिर ११ गतेको इजालसबाट कसुरदारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
प्रकाशित: ३१ भाद्र २०७७ १३:२३ बुधबार