८ वैशाख २०८१ शनिबार
समाज

यातायात व्यवसायी भन्छन् : विश्वकर्मा पूजा गरेर भोलिबाट लामो दूरीका यातायात चलाउँछौं

बिहिबारबाट लामो दुरीका सवारीसाधन संचालन आउने भएका छन् । यातायात व्यवसायीले बिहीबारबाट लामो दूरीको सवारीसाधन सञ्चालनको लागि तयारी भइसकेको बताए।  

सकारले कोरोना भाइरस नियन्त्रणका लागि लामो दूरीको यातायात सञ्चालनमा रोक लगाएको थियो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ देखि लामो दूरीको यातायात सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो।  

सुरक्षाको मापदण्ड अपनाउँदै  विश्वकर्मा पूजा गरेपछि बस संचालन गर्न थाल्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए।

‘महामारीबाट बच्न सबै नागरिक सचेत रहनु पर्छ । यो महामारीबाट बच्न र बचाउँन सबै नागरिकको दायित्व हो। बसमा आधा यात्रु राखेर भोलिबाट गाडी चलाउँछौँ’, सिटौलाले नागरिकसँग भने, ‘हामीले सबै समितिलाई यात्रु र चालक, सहचालक सबैले मास्क अनिवार्य लगाउनुपर्ने निर्देशन दिएका छौँ।’

उनले चालकले मात्रै नभएर यात्रा गर्दा यात्रुले पनि आफै सर्तकता अपनाउनु पर्ने  यात्रुलाई आग्रह गरे। ‘लामो समय आफ्नो घरभित्रै थन्किएर बसेका मानिसहरुलाई  भोलिदेखि सार्वजनिक यातायात संचालन आयो भन्ने महशुस मात्रै हुन्छ। यात्र गर्दा यात्रु आफैले सुरक्षाका विधि अपनाउनु पर्छ। त्यसैले नियमित संचालनमा आउन यात्रुहरुमा पनि भर पर्छ।’

लकडाउन सुरु हुनुअगाडि धेरै मानिस आफ्नो घर गएको भन्दै अहिलेको दशैमा भीडभाड कम हुने सक्ने उनको अनुमान छ ।  

व्यवसायीहरुले अनलाइनमार्फत टिकेटिङको तयारी गरेका छन्। लाइनमा बस्नुपर्ने र मानिसको सम्पर्कमा हुँदा ज्यादा जोखिम हुने भन्दै अनलाइन टिकट काट्ने व्यवस्था गर्ने तयारी समेत रहेको उनले बताए।  सरकारले सबै सार्वजनिक सवारीले मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरेको छ। जसमा व्यवसायीले थप ५० प्रतिशत भाडा यात्रुसँग लिन पाउनेछन्।

प्रकाशित: ३१ भाद्र २०७७ १२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App