८ वैशाख २०८१ शनिबार
समाज

प्रदेश १ मा थपिए १ सय ३३ संक्रमित, ५२ जना डिस्चार्ज

क्याप्शन

प्रदेश १ मा बुधबार १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन्।  सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार सुनसरीको धरानमा १० महिला २२ पुरुष, इटहरीमा ७ महिला १९ पुरुष, गढी र कोसी गाउँपालिकामा ४–४ पुरुष, भोक्राहानरसिंहमा २ पुरुष, बराहक्षेत्रमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ।  मोरङको विराटनगरमा ९ महिला १९ पुरुष, धनपालथानमा २ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, कटहरीमा १ महिला र सुनबर्षीमा १ पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।  

त्यस्तै झापाको दमकमा १ महिला ७ पुरुष, भद्रपुरमा २ महिला ४ पुरुष, बाह्रदशीमा २ महिला ३ पुरुष, मेची नगरमा १ पुरुष, भोजपुरमा ५ पुरुष, उदयपुरमा १ महिला, धनकुटामा १ महिला र प्रदेश १ बाहिरका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।  प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार १ सय पुगेको छ।  

प्रदेशमा ५२ जना डिस्चार्ज भएका छन्।  होटल एसियाटिक आइसोलेसन विराटनगरबाट २१, मारवाडी सेवा सदन आइसोलेसन केन्द्र, विराटनगरबाट ९, बैजनाथपुर आइसोलेसन, विराटनगरबाट ७, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पताल, गोठगाउँबाट ४,  जिल्ला अस्पताल धनकुटा र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ५–५ र काली सदन आइसोलेसन विराटनगरबाट १ जना डिस्चार्ज भएका छन्।  प्रदेश १ मा डिचार्ज हुनेका संख्या २ हजार १ सय ९४ पुगेको छ।  

प्रदेश १ मा बुधबार १ हजार २ सय ७३ जनाको पिसिआर परीक्षण गरिएको छ।  परीक्षण गरिएका मध्ये ३६ महिला र ९७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।  प्रदेश १ मा हालसम्म १ लाख १२ हजार ६३ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।  

 

प्रकाशित: ३१ भाद्र २०७७ ११:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App