coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गोपाल किरातीको नजरमा कुलमान 'उर्जा मास्टर'

नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऐतिहासिक कार्य सफलताका लागि बधाई दिएका छन्। चार वर्षे पदावधि सकिएपछि बिदाई भएका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सेवाका दौरान लोकप्रीयता कमाएको र इतिहास रचेको भन्दै नेकपा माओबादी केन्द्रका अध्यक्ष किरातीले फेसबुकमार्फत बधाई दिएका हुन्। अध्यक्ष किरातीले ‘आफूले बनाएको इतिहासको रक्षा गर्न’ घिसिङलाई सुझाव दिएका छन्।  

प्राधिकरणको पदावधि सकिएपछि विदाई भएका कारण घिसिङ एससिसिको कार्यान्वयन गर्नबाट तत्कालका लागि आधा बचेको अध्यक्ष किरातीले बताएका छन्। ‘उर्जा मास्टर कुलमान घिसिङलाई ऐतिहासिक सफलताका लागि भारी बधाई छ। जीवनमा चमत्कार धेरै पटक हुँदैन। इतिहासको रक्षा स्वयंले गर्न जान्नु पर्छ,’ किरातीले लेखेका छन्, ‘कुलमान देशद्रोही एमसिसिमा डुब्लान की भन्ने डर थियो, बिदाईले सो डर आधा घटेको छ।’  

संसदबाट अनुमोदन भएपछि प्राधिकरणका कार्यकारी निर्देशककारुपमा एमसिसिको कार्यान्वयनमा लाग्नुपर्दा  कुलमानको ख्याती र लोकप्रीयतामा असर पर्ने किरातीको धारणा छ।

प्रकाशित: ३१ भाद्र २०७७ ०७:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App