५ वैशाख २०८१ बुधबार
समाज

प्रतिवन्ध लगाइएका थप चार कम्पनीका सेनिटाइजर कुन कुन हुन् ?

औषधी व्यवस्था विभागद्वारा बजारमा बिक्री बितरण भइरहेको चार प्रकारका सेनिटाइजर प्रयोग र उत्पादनमा रोक लगाएको छ। बुधवार एक सूचना जारी बजारमा बिक्री बितरण भइरहेका चार कम्पनीहरु ओपेकल ननवासिङ एन्टिायोटिकल सोलुशन, सासा इन्ट्यान्ट ह्याण्ड सेनिटाइजर, पामाकेयर इन्टल ह्याण्ड सेनिटाइजर र युनिकेयर नामका सेनिटाइजर उपभोक्तालाई प्रयोग नगर्न सुझाव दिएको छ।  

त्यसै गरी सम्वन्धित कम्पनीले बजारमा बिक्री बितरण गरिरहेका सवै फिर्ता लैजाने र अवदेखि उत्पादन पनि नगर्न निर्देशन दिएको छ। सूचनामा उल्लेख छ, त्यस्ता सेनिटाइजरहरुको उत्पादन तथा बिक्री बितरण अबिलम्ब रोक्का राखी सम्वन्धित आपुर्तिकर्ता र उत्पादकले फिर्ता लैजान सूचित गरिन्छ।’  

यी सेनिटाइजर प्रयोग गरेमा स्वास्थ्यमा बिभिन्न प्रकारका असर गर्ने भएकोले प्रतिबन्ध लगाइएको औषधी व्यवस्था बिभागका महानिर्देशक नारायण ढकालले बताए। यस अघि हालै बिभागले पाँच वटा अन्य कम्पनीका सेनिटाइजरहरुमा प्रतिबन्ध लगाएको थियो भने बुधवार थप चार वटा गरी ९ वटामा प्रतिबन्ध लगाइसेकेको छ। नियमित अनुगमनको क्रममा यी सेनिटाइजरमा मिथानोल नामक बिषाक्त तत्व मिश्रित भएको र इथानोलको मात्रा कम भएको पाइएकोले कारवाही गरेको बिभागले जनाएको छ।  

बुधबार कारवाहीमा परेका सेनिटाइजर कम्पनीहरुमा चीनबाट उत्पादन भएको गोन्जाओ ओबोपेकल, सम्पदा हेल्थकेयर लिमिटेड, आरएल क्रोप इण्डिया, श्रीनाथ हर्वल एण्ड कस्मेटिक इन्डस्ट्रि लगायत छन्।

 

प्रकाशित: ३१ भाद्र २०७७ ०७:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App