७ वैशाख २०८१ शुक्रबार
समाज

उपकुलपति दासविरुद्ध पौने आठ करोडको मुद्दा

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तत्कालीन उपकुलपति डा. बलभद्रप्रसाद दासविरुद्ध पत्नीको नाममा सम्पत्ति राखेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब पौने ८ करोडको भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। सार्वजनिक पदमा रहँदा गैरकानुनी सम्पत्ति कमाएको ठहर गर्दै ७ करोड ७१ लाख ९२ हजार रुपैयाँ बिगो मागदाबीसहित अख्तियारले विशेष अदालतमा मंगलबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

अनुसन्धान हुँदा २०५० सालदेखि जुनियर रजिस्टर्ड पदबाट सेवा प्रवेश गरी उनी २०६८ सालमा उपकुलपति भएका थिए। त्यसपछि प्रतिष्ठानमा प्राध्यापक पदमा रही काम गरेका थिए। ‘२०५० देखि २०७६ सालसम्ममा ७ करोड रुपैयाँ बढी सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको देखिन्छ,’ अख्तियारको दाबी छ। ‘वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहने ७ करोड ७१ लाख रुपैयाँको खर्च तथा लगानीको स्रोत नखुलेकाले पद हैसियत अस्वाभाविक देखिएको’ आरोप पत्रमा उल्लेख छ। दासले गैरकानुनी रूपमा सम्पत्ति कमाएको भन्दै उनकी पत्नी पुनम दासको नाममा राखेको अख्तियारले ठहर गरेको छ। पुनम दासबाट जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरी निजको नाममा रहेको सम्पत्ति कानुनअनुसार जफतको मागदाबी गरिएको छ।

प्रकाशित: ३१ भाद्र २०७७ ०५:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App