coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रदेश २ः २५१ जना संक्रमित थपिए, १८१ जना डिस्चार्ज

मंगलबार प्रदेश २ मा एकैदिन एक सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये सबैभन्दा बढी एक सय ७० जना सिरहामा थपिएका छन्।

समाजिक विकास मन्त्रालयका अनुसार सिरहामा कारागारका १ सय ४८ जना कैदीवन्दीसहित १ सय ७०, सप्तरीमा ४३ जना, धनुषामा ४ जना, महोत्तरीमा ७ जना, रौतहटमा २३ जना, बारामा ४ जना थपिएका छन्।

संक्रमित थपिएसँगै सिरहामा कूल संक्रमितको संख्या ८ सय ८१, सप्तरीमा १ हजार ५८, धनुषामा १ हजार ८ सय ५४, महोत्तरीमा १ हजार ३ सय ९९, सर्लाहीमा १ हजार ८ सय ३७, रौतहटमा १ हजार ७ सय ८५, बारामा १ हजार ४३ र पर्सामा २ हजार ४ सय १३ जना संक्रमित पुगेको छ।  

मंगलबार यस प्रदेशमा १ सय ८१ जना संक्रमित निको भएर घर फर्केका छन्। यससँगै निको हुनेको संख्या ६ हजार ५ सय ८३ पुगेको छ। संक्रिय संक्रमितको संख्या ५ हजार ५ सय १९ पुगेको छ।

मंगलबार मृत्यु हुनेमा बारा जिल्ला डुबरबना नगरपालिका १४ कि ५५ वर्षीया महिला छन्। यससँगै प्रदेशमा मृतकको संख्या १ सय १२ पुगेको छ।

प्रकाशित: ३० भाद्र २०७७ १३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App