coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति धरान १७ का ७० वर्षीय वृद्ध छन्। उनको आज दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। 

योसँगै धरानमा मात्र मृत्यु हुने संक्रमितहरुको संख्या ७ पुगेको छ। प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतकलाई भदौ २७ गते अस्पताल भर्ना गरिएको थियो भने २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।  

मृतकलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिन भएर उपचारको लागि अस्पताल लगिएको थियो। मृतकलाई उच्च रक्तचापको समस्या थियो भने सन् २००८ मा हृदयघात भएर स्टेन्ट पनि राखिएको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: ३० भाद्र २०७७ ११:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App