coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जनकपुर–जयनगर रेल: रेल्वे कम्पनीले १२९ कर्मचारी नियुक्ती गर्ने

नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर–जयनगर–कुर्था खण्डमा रेल सञ्चालनको लागि आवश्यक पर्ने एक सय २९ जना करारका कर्मचारी नियुक्ती गर्ने भएको छ। कम्पनीले सोमबार सार्वजनिक सूचना जारी गरेर रेलको लागि विभिन्न पदका एक सय २९ करारका कर्मचारीको माग गरेको हो। कम्पनीले कोरोना भाइरसको संक्रमणलाई ख्याल गर्दै अनलाइनमार्फत आवेदन दिने व्यवस्था मिलाएको जनाएको छ। कम्पनीले सूचना जारी भएको १५ दिनभित्र अर्थात असोज १२ गतेभित्र आवेदन पेश गर्न अनुरोध गरेको छ।

कम्पनीले जारी गरेको सूचनामा प्रशासन, सव(इन्जिनियरिङ, सहायक स्टेशन म्यानेजर, लेखापाल कम्प्युटर अपरेटर, टिकट बिक्रेता, टिकट कलेक्टर, ट्रयाक निरीक्षक, फोरम्यान, इलेक्ट्रिसियन, अमिन गार्ड, टिटिइ, हेल्पर, पोइन्ट्स म्यान र पुस ट्रली चालक लगायत विभिन्न पदका लागि १ सय २९ जनाको भर्नाका लागि विज्ञापन खुलाएको हो। आवेदन फारम कम्पनीको वेबसाइट नेपालरेल्वेडट ओआरजी मा उपलब्ध हुने जनाएको छ। करारका कर्मचारीको सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ।  

कम्पनीका लागि दुई सय २९ कर्मचारी आवश्यक पर्ने भएकाले पनि अहिले एक सय २९ कर्मचारी नियुक्ती गर्न लागेको हो। रेल विभागले जनकपुर–जयनगर–कुर्था खण्डमा चल्ने रेल आगामी दशैंसम्म रेल सञ्चालन गर्ने जनाएको छ। रेल विभागका महानिर्देशक बलराम मिश्रले सो खण्डमा सञ्चालन हुने दुवैवटा रेल तयार भइसकेको बताएका छन्। ‘जनकपुर–जयनगरकुर्ता खण्डमा चल्ने दुवै रेल तयार भइसक्यो,’ उनले भने,‘एउटा रेल भारतको पटना नजिकैको हाजिपुरमा आइसकेको छ।’  

महानिर्देशक मिश्रले लकडाउनको कारणले भारतमा निर्माण सम्पन्न भइसकेपनि रेल नेपालमा ल्याउन समस्या भएको बताए। ‘अहिले दुवै रेल तयार भइसके। तर, लकडाउनको कारणले नेपालमा ल्याउन सकेका छैनौं,’ उनले भने,‘आगामी दशैंसम्म नेपाली भूमीमा रेल ल्याउने तयारी गरेका छौं।’ उक्त रेलमा १२ सयदेखि १३ सय यात्रु ओसार्न  सकिनेछ। रेल विभागले पहिलो चरणमा जयनगरदेखि कुर्तासम्म ३५ किलोमिटर क्षेत्रमा रेल गुडाउन लागेको हो। अहिले कुर्थादेखि डिजेलपुरा महोत्तरीसम्म थप १७ किलोमिटर रेलको लिक निर्माणको काम भइरहेको छ।  

महानिर्देशक मिश्रले पहिलो चरणमा २६ जना भारतीय कर्मचारी नियुक्ती गरेर रेल सञ्चालनको तयारीमा जुटेको बताए। ‘रेल सञ्चालनको लागि प्रारम्भिक चरणमा २६ जना भारतीय कर्मचारी नियुक्ती गर्ने निर्णय भइसकेको छ,’ उनले भने,‘रेल सञ्चालनको लागि २२६ जना नेपाली कर्मचारी नियुक्ती गर्ने चरणमा रहेका छौं।’ सरकारले रेल बनाउने जिम्मेवारी भने इन्ट्रिगल कोच कोच फ्याक्ट्रीलाई दिएको थियो।  

उक्त रेल निर्माणको लागि ८६ करोड रुपैयाँ खर्च भएको रेल विभागले जनायो। जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन भएको डेढ वर्षपछि जनकपुर–बर्दिबास (६९ किलोमिटर) सम्म विस्तार हुने बताइएको छ। हाल बर्दिवास खण्डमा भारतीय पक्षले नै रेलमार्ग निर्माण गरिरहेको छ।  

जनकपुर–बर्दिबास खण्डबाहेक भारतको सहयोगमा काँकडभिट्टा, विराटनगर, भैरहवा र नेपालगन्ज नाकामा रेलमार्ग निर्माण हुने विभागले जनाएको छ।  विभागका महानिर्देशक मिश्रले भदौंको मशान्तदेखि जयनगर कुर्था रेलको परीक्षण थाल्ने बताए। ‘केही समय परीक्षण गर्नेछौं,’ उनले भने,‘लकडाउन खुलेसँगै सञ्चालनमा ल्याउनेछौं।’ मिश्रले रेलको अघिल्लो र पछिल्लो दुवै भागमा इन्जिन हुने भएकाले प्रतिघण्टा करिव एक सय किलो मिटरको दरले कुद्ने बताए।  

रेल डिजेलबाट स्टार्ट भएर जेनेरेटर पैदा भएको बिजुलीबाट चल्ने जनाएको छ। यो रेल ब्रोडग्रेज लिकमा चल्नेछ। जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन भएको डेढ वर्षपछि जनकपुर–बर्दिबास (६९ किलोमिटर) सम्म विस्तार हुने बताइएको छ। हाल बर्दिवास खण्डमा भारतीय पक्षले नै रेलमार्ग निर्माण गरिरहेको छ।  

जनकपुर–बर्दिबास खण्डबाहेक भारतको सहयोगमा काँकडभिट्टा, विराटनगर, भैरहवा र नेपालगन्ज नाकामा रेलमार्ग निर्माण हुने विभागले जनाएको छ। महानिर्देशक मिश्रले डेमो रेलमा अघिल्लो र पछिल्लो भागमा इन्जिन रहने हुनाले घुमाउन नपर्ने र प्रतिघन्टा एक सय किलोमिटरको गतिमा कुद्ने विशेषता रहेको बताए।

प्रकाशित: ३० भाद्र २०७७ ०८:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App